काठमाडौँ। जिल्ला कालिकोट तिलागुफा न.पा वडा नं.३ घर भई हाल जिल्ला काठमाण्डौ किर्तिपुर न.पा वडा नं. ५ बस्ने बर्ष ५२ को बिष्णु रिषी पाण्डेले तिर्थ बहादुर थापालाई वैदेशिक रोजगारीको लागि ईटाली पठाईदिन्छु त्यसको लागि रु.८,००,००० अक्षेरुपी आठ लाख रुपैयाँ मात्र लाग्छ, ईटाली पुगेपछि पेट्रोल पम्पमा काम लगाइदिन्छु, मासिक रु. १,००,००० तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ४,२५,००० अक्षेरुपी चार लाख पच्चिस हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज बिष्णु रिषी पाण्डेको खोजतलास गर्ने क्रममा मिति २०८०।०५।०५ गते का.जि.किर्तिपुर न.पा.वडा नं.५ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिएका छन् ।




