काठमाडौं ।
हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहेका नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । अल्पसङ्ख्यक नेपालीहरु विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तै: कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिती रहेको अवस्थामा यस गरिमा विकास बैंकले आफ्ना विदेशमा रहेका ग्राहकहरुको पहुँच हुनेगरी मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको छ ।
अब विदेशमा बसि बैंक मार्फत मोबाईल बैकिङ सेवा लिन चाहनुहुने ग्राहकमहानुभावहरुले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरि यो सेवा लिन सक्नेछन । साथै, यो सुविधा लिने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्नुहुनेछ ।
साथै, बैंकले कहिले पनि फोन गरेर वा अरु माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण (जस्तैः पिन, पासवर्ड, ओटिपि आदि) माग्दैन तसर्थ फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ् विवरण अरुलाई नबाडि दिन बैंकले अनुरोध गरेको छ।




