रगत आपूर्ति र बितरणमा भईरहेकाे बेमेललाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान गर्न/गराउन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आज गाेदावरी नगरपालिका अन्तर्गत वडा नम्बर १४ स्थित लाक्षी टाेलमा आज एक बिशेष सम्मान तथा रक्तदान कार्यक्रम एवं ५ किलोमिटर सडक दाैड प्रतियोगिताकाे समेत आयाेजना गरि दशैंकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान गरि समापन गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले कार्यक्रमका प्रमुख अतिथि गाेदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई रक्त संकलन थैली हस्तान्तरण गरेर रक्तदान कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियो ।

झी बर्यानी पुच:काे आयाेजनामा आयाेजित साे कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा २६ जनाले रक्तदान गर्नुभएको साेहि कार्यक्रममा सडक दाैड प्रतियोगितामा बिजय हुनुभएका खेलाडीहरूलाई पुरस्कार पनि बितरण गर्नुभएको थियोे ।

पुच:का अध्यक्ष निराेज महर्जनको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा बिशेष अतिथि गाेदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी र अतिथिमा १४ नम्बर वडाका वडाध्यक्ष निराेज बज्राचार्य हुनुहुन्थ्यो । पुच:का अध्यक्ष एवं कार्यक्रमका सभापतिले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यलाई बुध्दकाे प्रतिमा मायाकाे चिनाे स्वरूप प्रदान गर्नुभएको थियो।
सम्बन्धित खबर
नेपाल शेयरहाेल्डर्स अलायन्स द्वारा “आकस्मिक रक्तदान” कार्यक्रम सम्पन्न
काठमाडौं "रक्तदान नियमित काम" ! मूल नाराका साथ नेपाल शेयरहाेल्डर्स अलायन्सद्वारा तिहार,नेपाल संवत् ११४४ नयाँ वर्ष र वर्तमान अवस्थामा भइरहेको…
बैंकिंग कर्जाका कारण बढेको घर -जग्गाको मुल्य अब घट्ने निश्चित !
काठमाडौं उपत्यकाभित्रका सार्वजनिक स्थलमा अहिले पनि ज्येष्ठ नागरिकहरु कुराकानी गरेर बसिरहेको देखिन्छ । उनीहरु २०३५ सालमा काठमाडौंको रातो भालेदेखि तीनकुनेसम्म…
काठ्माण्डौका प्रहरी बृत प्रमुख फेरिए।
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत रहेका ९ प्रहरी वृत्तका प्रहरी प्रमुख फेरिएका छन्…




