काठमाडौं। नेपालीहरुका आराध्यदेव पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भित्र जान निकै कडा चेकजाँच हुने गर्दछ । कुनै किसिमका क्यामेरा, मोबाइल तथा अन्य विधुतीय सामान लान निषेध गरिएको छ। साथै भित्र कुनै पनि किसिमका फोटो, भिडियो खिच्न अनुमति छैन्। तर एक भारतीय युट्युबरलाई पशुपति मन्दिर भित्र गएर लाईभ भिडियो खिच्न कसले कहाँ बाट अनुमति दियो भन्ने प्रश्न उठेको छ।
हातमा खुल्ला क्यामेरा लिएर लाईभमा आफ्ना कुरा सहित गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पशुपति विकास कोषको मातहतमा रहेकाे सुरक्षा निकाय, नेपाल प्रहरी, सस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र सेक्युरिटी गार्ड समेत रहेको ठाउँमा कसरी १०/१५ मिनेट सम्म को लाईभ भिडियो खिच्न अनुमति पायो? यो गम्भीर विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण होस् र दोषी माथी कडा कारवाहीको माग गरिएको छ । कति हद सम्म लापरबाही भएको रहेछ भन्ने कुरा सोझै आंकलन गर्न सकिन्छ।
Rising Rudhra TV नाम् को युट्युब च्यानल बाट याे भीडीयाे अपलोड गरिएको छ । लाईभ भिडियो




