काठमाडौं । आइसिसी विश्वकप २०२३ को फाइनलमा भारत र अष्ट्रेलियाबीच उपाधीका लागि आज प्रतिस्पर्धा हुदैछ । फाइनल खेल आज नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा दिउँसो सवा दुई बजेबाट सुरु हुनेछ ।
नरेन्द्र मोदी स्टेडियमा दुई देशबीचको फाइनलखेल सुरु हुनुपूर्व एक भव्य सांगितिक समारोहको आयोजना हुनेछ । फाइनल खेल प्रत्यक्ष हेर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं स्टेडियममा जानेछन् । समूह चरणमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि लगातार ८ जितका साथ फाइनलमा स्थान बनाएको हो ।तर, जारी विश्वकपमा लिगका ९ खेल जितेको भारत अपराजित एक्लो टोली हो ।आइतबारको फाइनल भारतको चौथो र अष्ट्रेलियाको आठौं हो ।
हालसम्म विश्वकपका १३ खेल भएका छन्। अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधी जित्दा भारतले दुई पटक मात्रै जितेको छ। यस्तै वेष्ट इन्डिजले दुई पटक, इंग्ल्याण्ड, श्रीलंका र पाकिस्तानले एक/एक पटक विश्वकपको उपाधी जितेका छन् ।
अस्ट्रेलियाले १९८७, १९९९,२००३, २००७ र २०१५ मा विश्वकपको उपाधी जितेको थियो ।भारतले १९८३ र २०११ को उपाधी जितेको थियो । २००३ मा भने अस्ट्रेलियाले भारतलाई फाइलनमा हराएको थियो । त्यसपछि आज यी दुई टोली उपाधी भिडन्त गर्दैछन् । दुई दशकपछि हुन लागको फाइनल खेलमा आज दुवै टोली जित्न चाहान्छन् । यी दुईबीचको उपाधी भिडन्त रोचक हुने देखिन्छ ।





Id sint occaecat irure aliqua anim quis laborum proident. Veniam excepteur cupidatat ullamco in. Enim labore dolor do sint occaecat do cillum officia mollit aute elit. Deserunt nulla aute minim esse elit enim. Incididunt tempor dolor ut sunt adipisicing adipisicing elit amet nulla nostrud. Minim laboris ut laboris consectetur adipisicing ullamco irure et nostrud. Dolor mollit non sint dolore.