काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रतिनिधित्व  सूचीमा देखिएका विवाद र बढ्दो जनदबाबपछि सूची सुधार गर्ने निर्णय गरेको छ। सूची सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल र सार्वजनिक बहसमा तीव्र आलोचना सुरु भएपछि पार्टी दबाबमा परेको हो।

पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र  कुलमान घिसिङबीचको ‘प्याचअप’पछि पार्टीमा नयाँ सदस्यहरू थपिएको र तीमध्ये अधिकांश धनी तथा चर्चित व्यक्तिहरू समानुपातिक सूचीमा समावेश भएको भन्दै आलोचना भएको थियो। आलोचकहरूले पार्टीले समावेशीता र साधारण कार्यकर्ताको प्रतिनिधित्वभन्दा प्रभावशाली र आर्थिक रूपमा सबल व्यक्तिलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।

बढ्दो आलोचना र जनभावनालाई ध्यानमा राख्दै पार्टीले सूची पुनरावलोकन गरी आवश्यक सुधार गर्ने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ। स्रोतका अनुसार पारदर्शिता, समावेशी प्रतिनिधित्व र सार्वजनिक विश्वास कायम राख्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीले भविष्यमा यस्ता विवाद नदोहोऱ्याउन समानुपातिक सूची तयार गर्ने आन्तरिक मापदण्ड र छनोट प्रक्रिया थप स्पष्ट, उत्तरदायी र समावेशी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eleven + 13 =