गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गर्नुभएको हो ।
इन्जिनियरिङ शिक्षा देसमा कति उपयोगी र यसका तन्तुहरु
हिजो वैदेशिक रोजगारीमा खाडी मलेसिया र युरोपेली देस पुग्नेहरु भन्दा अस्ट्रेलिया, क्यानडा , अमेरिका र युरोप पुग्ने विद्यार्थीहरुको सङ्ख्या ज्यादा देखिन्छ ।
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आउँदै
नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज यहाँ आउँदै हुनुहुन्छ ।
परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का प्रस्थान गर्नुहुँदै
परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसमा अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
शेयर बाजार दोहोरो अङ्कले घट्दै
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार ९४ दशमलव ५४ मा सीमित भएको छ ।
सन्दीपलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता
बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ ।
रवि लमिछाने विरुद्धको मुद्दामा बहस सकियो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ । गृहमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता विवादमाथिको रिट सुनुवाइ सकिएको हो । संवैधानिक इजलासमा आज रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका छन् ।
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन
पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिए ।
पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना
पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । उहाँका अनुसार अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलको बीचमा ९एन–एएनसी एटीआर–७२ विमान सेती नदी किनारमा दुर्घटना भएको हो ।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोँचमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको जानकारी दिनुभयो ।
यातायातको सेवामा विकृतिः स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया
यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो ।









