काठमाडौँ क्षेत्र नं ७ : मानुषीलाई गठबन्धनको भर, एमालेलाई आफ्नैको डर

काठमाडौँ, २५ कात्तिक (रासस) : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको सरगर्मी उच्चविन्दुमा पुगेको छ । उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । निर्वाचनमा सहभागी हुने दलका उम्मेदवारसँगै यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उपस्थिति पनि बाक्लो देखिएको छ । आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभातर्फ कुल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच सहकार्य भएको छ । केही क्षेत्रमा गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिसमेत भएको छ । नेकपा (एमाले)ले पनि आवश्यकतानुसार विभिन्न राजनीतिक दलसँग गठबन्धन गरेको छ । मधेस प्रदेशलगायत केही क्षेत्रमा एमाले र जनता समाजवादी पार्टी, नेपालबीचको गठबन्धन छ भने केही स्थानमा राप्रपासँग एमालेको तालमेल छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँलगायत केही स्थानमा स्वतन्त्र उम्मेदवारको विजयले राजनीतिक दलका उम्मेदवारलाई चुनौती खडा गरेको छ भने स्वतन्त्र उम्मेदवार हौसिएको देखिएको छ । केही स्थानमा विगतका विरासत जोगाउने, केही स्थानमा नयाँ रेकर्ड कायम गर्न उम्मेदवार लागिपरेका छन् । केही क्षेत्रमा एउटै पार्टीका उम्मेदवार एकापसमा भिडेका छन् भने केही स्थानमा गठबन्धनकै दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् । काठमाडौँ निर्वाचन नं ७ मा गठबन्धन एकातिर र अर्कातिर पूर्वसहकर्मी एक्ला–एक्लै मैदानमा उत्रिएका छन् । सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा अस्मितासिंह (मानुषी) यमी भट्टराई हुनुहुन्छ ।

उत्पादन पुनः सुरु भयो हराउँदै गएको रैथाने मार्सीको धान

मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसान वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् । rice prouduce in nepal 2022, rice in nepal, rice rice plant nepali kishan agriculture

डडेलधुरामा कर्ण मल्ललाई नसघाउने एमालेको घोषणा

नेकपा एमाले, डडेलधुराले नेपाली कांग्रेस बीपीसँग गरेको चुनावी तालमेल भंग भएको घोषणा गरेको छ । एमालेले प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई सघाएको थियो भने प्रदेशसभाको क र ख दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो ।

म्याद थपका लागि अदालत लगिँदै-सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ...

मन्त्रीहरु हटाइए जसपाका

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई हटाउनुभएकाे छ । आज बिहीवार प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरू...

राप्रपालाई रिझाउँदै ओली

एमाले अध्यक्ष केपी शर्मा ओली मनोनयन दर्ता गर्न आइतबार मध्याह्न दमक नगरपालिका परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयभित्र प्रवेश गर्दा हल खचाखच...

गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन सरकार प्रतिबद्ध : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएक‍ा छन् । गैरआवासीय नेपाली...

नेपाली चेस टोलि बंगलादेश प्रस्थान

शेख रसेल कप अन्र्तराष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपमा सहभागी हुने नेपाली टोलि मंगलबार बंगलादेश प्रस्थान गरेको छ । अक्टोबर १२ देखि २१ सम्म...

उजुरी विरुद्ध जवाफ दिन प्रधानमन्त्री देउवालाई दिउँसो २ बजेसम्मको समय

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई उजुरीबारे प्रष्ट पार्न दिउँसो २ बजेसम्मको समय दिएको छ । नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्म...