मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।
वर्षा र हिमपातको सम्भावना|मौसम
पश्चिमी वायुको असरले अबको दुई तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पश्चिमी वायुका कारण भोलि सोमबार र मङ्गलबार वर्षा र हिमपातको सम्भावना छ, हिमपातका कारण तापक्रम घट्ने भएकाले चिसो बढ्नाका साथै जनजीवनमा सामान्य असर पर्ने देखिन्छ।”
निर्वाचन नजिकिएसँगै सवारी साधन बुकिङ बढ्यो
“मतदातालाई गाउँमा भोट हाल्न लैजाने भन्दै विभिन्न पार्टीका नेता तथा उम्मेदवारले व्यवसायी र महासङ्घमा फोन गरेर बस बुकिङ गरिरहनुभएको छ”, उहाँले भन्नुभयो । महासङ्घले गतहप्ता निर्वाचनमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि दुई सय ८५ बस उपलब्ध गराएको थियो ।
सेतीदोभान पुल निर्माण प्राथमिकतामा : पूर्वमन्त्री भण्डारी
जिल्लाको भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार जोड्ने सेती दोभानको पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवा चितवनमा
लोकतान्त्रिक-वाम गठबन्धनले आज यहाँ आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । उहाँ हेलिकोप्टरबाट...
काठमाडौँ क्षेत्र नं ७ : मानुषीलाई गठबन्धनको भर, एमालेलाई आफ्नैको डर
काठमाडौँ, २५ कात्तिक (रासस) : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको सरगर्मी उच्चविन्दुमा पुगेको छ । उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । निर्वाचनमा सहभागी हुने दलका उम्मेदवारसँगै यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उपस्थिति पनि बाक्लो देखिएको छ । आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभातर्फ कुल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच सहकार्य भएको छ । केही क्षेत्रमा गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिसमेत भएको छ । नेकपा (एमाले)ले पनि आवश्यकतानुसार विभिन्न राजनीतिक दलसँग गठबन्धन गरेको छ । मधेस प्रदेशलगायत केही क्षेत्रमा एमाले र जनता समाजवादी पार्टी, नेपालबीचको गठबन्धन छ भने केही स्थानमा राप्रपासँग एमालेको तालमेल छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँलगायत केही स्थानमा स्वतन्त्र उम्मेदवारको विजयले राजनीतिक दलका उम्मेदवारलाई चुनौती खडा गरेको छ भने स्वतन्त्र उम्मेदवार हौसिएको देखिएको छ । केही स्थानमा विगतका विरासत जोगाउने, केही स्थानमा नयाँ रेकर्ड कायम गर्न उम्मेदवार लागिपरेका छन् । केही क्षेत्रमा एउटै पार्टीका उम्मेदवार एकापसमा भिडेका छन् भने केही स्थानमा गठबन्धनकै दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा छन् । काठमाडौँ निर्वाचन नं ७ मा गठबन्धन एकातिर र अर्कातिर पूर्वसहकर्मी एक्ला–एक्लै मैदानमा उत्रिएका छन् । सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा अस्मितासिंह (मानुषी) यमी भट्टराई हुनुहुन्छ ।
उत्पादन पुनः सुरु भयो हराउँदै गएको रैथाने मार्सीको धान
मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसान वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् । rice prouduce in nepal 2022, rice in nepal, rice rice plant nepali kishan agriculture
आयल निगमलाई साढे १४ रुपैयाँभन्दा धेरै नाफा एक लिटर पेट्रोलमा
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ तत्काल नघटाउने बताएको छ । aayal nigam oil fuel fuel price petrol price latest price of oil
डडेलधुरामा कर्ण मल्ललाई नसघाउने एमालेको घोषणा
नेकपा एमाले, डडेलधुराले नेपाली कांग्रेस बीपीसँग गरेको चुनावी तालमेल भंग भएको घोषणा गरेको छ । एमालेले प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई सघाएको थियो भने प्रदेशसभाको क र ख दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो ।
म्याद थपका लागि अदालत लगिँदै-सन्दीप लामिछाने
क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ...





