काठमाडौं । मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले भूकम्प प्रभावित क्षेत्रमा मारवाडी सेवा समिति नेपालको तर्फबाट राहत पठाउने कार्य भइरहेको बताएका छन् ।

दीपावली स्नेह मिलन समारोह २०६० तथा एशियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीहरुको सम्मान कार्यक्रममा उनले भूकम्प प्रभावित क्षेत्रमा पहिलो चरणमा फाइबरको सिरक ८३५ थान, पि. फम मेट ९०० थान र दाल १ केजी र नुन १ केजी राखेर प्याक गरिएको ४०० प्याकेट चामल हस्तान्तरण गरिएको बताए । उनले मारवाडी सेवा समिति नेपालले उत्सव एवं समारोहहरुमा विभिन्न क्षेत्रमा योगदान गर्ने मानिसलाई सम्मान गर्दै आइरहेको भन्दै सोहीअन्तर्गत १९औं एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीहरुको सम्मान कार्यक्रम राखिएको बताए ।

उक्त कार्यक्रममा १९औं एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ नेपाली खेलाडीहरुले एउटै खेलमा दुर्लभ ५ वटा विश्व कीर्तिमान बनाई विश्वसामु नेपाल र नेपालीको शिर उच्च पार्न सफल भएकोमा खेलाडीलार्य पुरस्कृत गरिएको थियो । उक्त खेलमा ९ बलमा अर्धशतक बनाएर विश्व कीर्तिमान राख्न सफल दिपेन्द्र सिंह ऐरी र ३४ बलमा शतक बनाई विश्व कीर्तिमान बनाउन सफल कुशल मल्ललाई हौसला एवं सम्मानस्वरुप जनही एक लाख एक हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

यस्तै, कराते खेलतर्फ नेपाललाई रजतपदक दिलाई नेपालीको शिर उच्च पार्न सफल भएकी एरिका गुरुङलाई पनि एक लाख एक हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल क्रिकेट एशोसिएन, क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरुलाई सम्मानपत्रका साथै उपहार प्रदान गरिएको थियो । मारवाडी समाजका सदस्यहरु एवं नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पवन अग्रवाल र पूर्व क्रिकेटर पारस लुनियालाई सम्मानपत्रका साथै उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, मारवाडी महिला मञ्चकी अध्यक्ष अर्चना काबरा र मारवाडी युवा मञ्चका अध्यक्ष शैलेन्द्र शर्मालगायत व्यक्तित्वहरुको उपस्थिति थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

18 − fourteen =